Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

राप्रपा सुर्खेतले टुङ्ग्यायो उम्मेदवारको नामावली

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी टुङ्ग्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नं १ छत्रपति थापा प्रदेश १ (क) बाट दल बहादुर सिंह १ (ख) बाट मान बहादुर खराललाई उम्मेदवारको रुपमा अगाडि सारेको छ भने प्रतिनिधि सभा क्षेत्र नं २ बाट मुकुन्द श्याम गिरी प्रदेश २ (क) बाट जनक बहादुर सिंह २ (ख) बाट कविराम पुरी सर्वसम्मतरुप उमेदवारी सिफारिस भएका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका यी नेताहरु पार्टीदेखि समाज र राजनीतिक बृत्तमा चर्चित अनुहार हुन् । राजेन्द्र लिङदेलले पार्टीको नेतृत्व सम्हालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मौखिक रुपमा मात्र नभई व्यवहारिक रुपमै वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा जुटिरहेकाले यत्तिबेला आम मतदाता दाजुभाइ दिदीबहिनीहरुले हामीलाई विश्वास गर्नुहुन्छ र हामी देश र जनताको लागि काम गर्छौ जिल्ला अध्यक्ष पुरीले बताए ।