Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

नवरात्रसँगै ज्योतिष सफ्टवेयर ‘विश्वगुरु’ बजारमा

(कसरी प्राप्त गर्ने विश्वगुरु भिडियोसमेत)

सुर्खेत ।
वर्ष २०७९ सालको विजया दशमीको नवरात्र सुरु भएकै दिनदेखि विश्वगुरु बजारमा आएको छ । विश्व पञ्चाङ्ग निर्णय संघका महासचिव गोविन्द सापकोटाको अथक मिहिनत र संघका अध्यक्ष नारायण प्रसाद नेपालको कार्यसञ्चालनले तयार पारिएको ज्योतिष सम्बन्धि सफ्टवेयर विश्वगुरु घटनास्थापनाको शुभ साइतमा सबैका लागि खुला गरिएपछि विश्वगुरु सफ्टवेयर बजारमा आएको हो ।


यो अनलाइन सफ्टवेयर भएका कारण फेनड्राइभको जरुरी नहुने भएकाले पनि हराउला र बिग्रेला भन्ने चिन्ता नहुने यसको प्रमुख विशेष रहेको छ । ल्यापटप, मोवाइल तथा डेस्कटप कम्प्यूटरमा चलाउन सकिने विश्वगुरुको उपयोगका लागि भने त्यसको सदस्यता बन्न जरुरी हुने सफ्टवेयर निर्माणकर्ता महाकालेश्वर पञ्चाङ्ग सारिणीकर्ता गोविन्द सापकोटाले बताए । जसमा प्रोफेशनल सदस्यताका लागि १० हजार २ सय शुल्क तोकिएको छ भने लाइट सदस्यताका लागि ४ हजार २ सय सदस्यता शुल्क तोकिएको छ । विश्वगुरु वेव सफ्टवेयर एक धार्मिक ज्योतिषिय एवम् खगोलिय सफ्टवेयर हो सापकोटाले भने ।

बडादशैंको शुभारम्भसँगै बजारमा ल्याइएको यो ज्योतिषिय अनलाइन सफ्टवेयरको सदस्यता शुल्क बडादशैंकै अफरको रुपमा ५० प्रतिशत छुटको व्यवस्था गरेका छौ । जसले गर्दा निश्चित अवधिका लागि अर्थात् सुरुका १०० जना सदस्यहरुका लागि प्रोफेशनलका लागि ५ हजार १ सय र लाइटका लागि २ हजार १ सय शुल्क निर्धारण गरेका छौ पञ्चाङ्ग सारिणीकर्ता एवम् सफ्टवेयर निर्माता सापकोटाले बताए । चिना बनाउन, कुण्डलीको विश्लेषण गर्न पनि सकिनेछ भने ज्योतिषसँग सम्बन्धित सबै कार्यका लागि विश्वगुरु वेव सफ्टवेयर उत्तम रहेको सापकोटाले बताए ।

विशेष गरी यो सफ्टवेयरका विशेषताका बारेमा हामीले राखेको जिज्ञासामा सापकोटाले भने, ‘ऐले सम्मकै सर्वाधिक ४ वटा सिद्धान्त ( नेपाली प्रचलित पात्रो, मूल सूर्य सिद्धान्त, ग्रह लाघव र केतकी दृक पद्दती) मा गणना हेर्न मिल्ने भएकाले यो अन्य सबै सफ्टवेयर भन्दा फरक छ ।’ यसैगरी ६१ भन्दा बढि आवश्यक मुहूर्तहरु आफुले चाहेको समयको हेर्न सकिनेछ भने प्रामाणिक पुस्तकबाट फलादेश श्लोकहरु राखिएको छ भने त्यसको नेपाली अर्थसमेत एकसाथ पाउन सकिनेछ ।

पछिल्लो समयमा धार्मिक लेख रचना प्रकाशित गर्न मात्र होइन पढ्नका लागि समेत सास्ती नै भोग्नु परेको अवस्थालाई मध्यनजर गरी विश्वगुरुले लेख रचना प्रकाशनसमेतको व्यवस्था मिलाएको छ भने अनलाइन धार्मिक पसल समेत यसमै पाउन सकिने भएकाले पनि यसले सेवाग्राहीलाई लाभान्वित बनाउने छ ।

मोबाइल, ल्यापटप, आइफोन, म्याकलगायतका सबै डिभाइसमा चलाउन मिल्ने गरि निर्माण गरिएको विश्वगुरुमा विभिन्न डिजाइनमा कुण्डलीहरु समावेश गरिएको छ । त्यसका साथमा महादशा, अन्तरदशा, प्रत्यन्तरदशा, सूक्ष्मदशा र प्राणदशा गरि ५ वटै प्रकारका दशाहरु हेर्न मिल्नेछ । विंशोत्तरी, त्रिभागी र योगिनी दशाहरुलाई विक्रम सम्वत, इशवीय सम्वत तथा उमेरमा हेर्न सकिनेछ भने भुक्त, भोग्य गरिएको र नगरिएको दुबै दशा समावेश गरिएको छ ।

विश्वगुरुको अर्को विशेषता भनेको अनलाइनमा नै पुस्तकालयको व्यवस्था गरिएको छ भने कुनैपनि समयको पञ्चाङ्ग हेर्नका लागि सहज छ । पञ्चाङ्ग गणनादेखि अनलाइन ज्योतिष सेवासमेत एकै स्थानमा पाउनुका साथै अनलाइन ज्योतिष प्रशिक्षणको समेत व्यवस्था मिलाईको आयुर्वेद तथा धार्मिक समचारसमेत विश्वगुरुमा पढ्न सकिनेछ ।

 

कसरी प्राप्त गर्ने र कसरी हेर्ने ‘विश्वगुरु’ ? हेर्नुहोस् भिडियो