Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

युद्धविक्रमको ‘फूलको टकराव’ बजारमा

सुर्खेत ।
गजल संग्रह फूलको टकराव बजारमा आएको छ । प्रगतिशील लेखक संघका कर्णाली प्रदेश अध्यक्ष युद्धविक्रम शाहीको नवौं कृति फूलको टकराव विहीबार वीरेन्द्रनगरमा समालोचक साहित्यकार डा. दीपक गौतमको प्रमुख आतिथ्यतामा विमोचन भएको हो । यसका साथै प्रलेश कर्णालीको मुखपत्र रातो गुराँस पनि विमोचन भएको छ ।

No description available.
कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. गौतमले कर्णाली प्रदेश सरकारले भाषा र साहित्यको क्षेत्रमा माखो मार्न नसकेको बताए । कर्णालीको समृद्धिका लागि भाषा र साहित्यलाई भजाउनेहरुले नै भाषा साहित्यको विकास र विस्तारका लागि केही गर्न नसकेको उनको भनाई थियो ।

No description available.
कृति फूलको टकरावको जागेश्वर नेपालले समीक्षा गरेका थिए भने कार्यक्रममा श्यामकृष्ण शर्मा, मायाराम न्यौपाने, देवकी तिमिल्सिना, गिरिराज बुढा र धिरेन थापा अनुपमलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमको सहजीकरण प्रलेश कर्णालीका सचिव हरिलाल महताराले गरेका थिए भने एक दर्जन साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

May be an image of 4 people and people standing