Loading... आजः ८ बैशाख २०८३, मंगलवार । Tuesday 21st April 2026
ताजा खबर
  

बाढीपहिरोबाट प्रभावित १३७ घरधुरीका लागि खाद्य सामाग्री हस्तान्तरण

सुर्खेत ।
पञ्चपुरी नगरपालिकामा अविरल वर्षा भएर २०७९ भदौ ३१ गते आएको बाढीपहिरोबाट पीडितहरु भएकाहरुलाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ । पञ्चपुरी नगरपालिकाको वढा नं. ९, १० र ११ बाढिपहिरोले बढि मात्रामा क्षति पु¥याएका स्थानका १३७ घरधुरीलाई आवाज संस्थाद्वारा खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।

No description available.
बाढि पहिरोले पञ्चपुरी नगरपालिका वडा नं. ९ को राग, खुर्सानीबारी, जमुनाघारी, वडा नंं १० को जामु, राजी बस्ती, गल्फा, बागबजार र वडा नं. ११ को तातापानीमा सडक, खानेपानी, घर, शौचालयका साथै धानबालीमा क्षति गरेको थियो । बाढि र पहिरोले भैसी, बंगुर, खसी, कुखुराहरु मार्नुका साथै घरको तल्लो तलामा रहेका खाध्यान्न, लत्ता कपडा लगायतसामाग्रीहरु बगाएको थियो ।

१३७ घरधुरीहरुमा घरमा भएको खाध्य सामाग्री बाढिले बगाउनुका साथै बारीमा भएको धानबालि पनि नष्ट गरेको हुदां उक्त परिवारलाई दैनिक खाध्यान्न सामाग्री जुटाउन पनि निकै समस्या भएको छ ।

No description available.
असोज ३१ गते पञ्चपुरी नगरपालिकाकोे हलमा एक कार्यक्रमको आयोजना गरि आवाज संस्थाले पञ्चपुरी नगरपालिकामा बाढि पहिरोबाट प्रभावित १३७ घरधुरीका लागि खाद्य सामाग्री हस्तान्तर गरेको छ । बाढि पहिरोबाट प्रभावित १३७ घरधुरीका परिवारहरुलाई प्रतिघरधुरी २५ के.जी चामल, ३ के.जी. दाल, ३ लिटर तेल, ३ के.जी. नुन र ४ पाकेट सर्बोत्तम पिठो टिडिएच जर्मनी÷मेजरियोको सहयोगमा गरिएको आवाज संस्थाका कार्यक्रम संयोजक सुशील कुमार कार्कीले जानकारी दिनुभयो ।

खाद्य राहात हस्तान्तण कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख, कार्यालय प्रमुख, ईलाका प्रहरी कार्यालयका प्रमुख, सम्बन्धित वडा अध्यक्षहरु, विषयगत शाखा प्रमुख र प्रत्रकारहरुको उपस्थिति रहेको थियो ।

No description available.
पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारी ज्यूले आवाज संस्थाले बाढि पहिरो प्रभावितलाई प्रदान गरेको खाद्य सामाग्री सम्बन्धीत वडाका बाढि पहिरो प्रभावितहरुलाई तत्काल तिहार अगाडि वितरण गरिने बताउनु भयो । आवाज संस्थाले पञ्चपुरी नगरपालिकामा कोभिड संक्रमण देखि बाढि पहिरोको जोखिमको बेलासम्म राहत प्रदान गरेर सहयोग गरेको बताउँदै संस्थालाई धन्यवाद ज्ञापन गर्नु भयो ।