अधिकारी वंश प्रतिष्ठानमा : टीकाराम
सुर्खेत ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको सुर्खेत शाखा अध्यक्षमा टीकाराम अधिकारी चयन भएका छन् । संस्थाको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक तथा कर्णाली प्रदेश भेला समेत एकै पटक गरेको थियो । जसले सुर्खेतमा रहेका कश्यप गोत्रीय अधिकारी वंश भित्रका अधिकारीहरु समेतको भेला गराएर टीकाराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

जससको उपाध्यक्षमा धनिराम अधिकारी सचिवमा इन्द्रप्रसाद अधिकारी सहसचिवमा लिलाराम अधिकारी र कोषाध्यक्षमा डम्बर अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा भीमप्रसाद अधिकारी, चन्द्रलाल अधिकारी, चन्दाराम अधिकारी लालबहादुर अधिकारी कश्यप, यामप्रसाद अधिकारी, देवीराम अधिकारी र पञ्चरत्न अधिकारी चयन भएका छन् ।

नेपाल भित्रका ६९ जिल्ला र देश बाहिर ९ वटा शाखा रहेको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पनि सुर्खेतमा भएको छ । जसले अधिकारीहरुको वंशावलीलाई नयाँ संस्करणमा प्रकाशन गर्नेदेखि अधिकारीहरुको वंशको हकहितका लागि विभिन्न कार्यहरु गर्ने निर्णय गरेको केन्द्रिय उपाध्यक्ष हिमराज अधिकारीले जानकारी दिए ।

यसैगरी तेस्रो वैठकले जनकप्रसाद अधिकारीलाई कर्णाली प्रदेश संयोजक तोकेको छ भने कर्णाली प्रदेश समितिलाई समेत विस्तार गरेको जनाइएको छ । सुर्खेत शाखाका नयाँ कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई केन्द्रिय अध्यक्ष नरेन्द्रकुमार अधिकारीले सपथ ग्रहण गराएका थिए ।






