वीरेन्द्रनगर नगरपालिकाकाे बजेट ३ अर्ब २ करोड ६१ लाख
सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आइतबार १३ औँ नगर सभामार्फत सो बजेट सार्वजनिक भएको हो । जनु चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब भन्दा धेरै हो । चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैंया बराबरको बजेट ल्याएको थियो ।
नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै आगामी आवमा वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको छ भने नगरस्तरिय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको छ ।
नगरपालिकाका कर्मचारीको तलब भत्ता र कार्यलय सञ्चालनका लागि ३१ करोड ६५ लाख, नगरस्तरिय कार्यक्रमका लागि ३८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ भने भौतिक पूर्वाधार, शिक्षा र खेलकुद तर्फ १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले भौतिक पूर्वाधार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँड गरेको छ । वीरेन्द्रनगरलाई ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने नारा दिइएको छ ।
वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि पहल गर्नेदेखि उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाइने नीति तथा कार्यक्रम ल्याइएको छ ।
प्रदेश स्तरीय बसपार्क निर्माण गर्नदेखि नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि आफ्ने युट्युब च्यानल सञ्चालन गर्नेसम्मका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।







