Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

विद्यार्थी र आंशिक शिक्षकद्वारा अख्तियारमा उजुरी

क्याम्पसमा तालाबन्दी

सुर्खेत ।
सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र अध्यापनरत आंशिक शिक्षकहरुले अख्तियारमा उजुरी गरेका छन् । क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उनीहरुले उजुरी गरेका हुन् भने क्याम्पस तालाबन्दी समेत गरेका छन् । आफ्ना मागहरु पूरा नभए सम्म आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी रहने बताउँदै आंशिक प्राध्यापकहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

आंशिक प्राध्यापक संघले एक ज्ञापन पत्र बुझाउँदै देशका अन्य क्याम्पसहरुले आंशिक प्राध्यापकहरुलाई करार सेवामा व्यवस्थापन गरिसकेको भएपनि यस क्याम्पसले त्यसतर्फ कुनै चासो नदिएकोमा गम्भीर ध्यानाकर्षण भएको भनिएको छ । त्रि.वि.को आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसले आफूहरुलाई उचित पारिश्रमिक र करार नियुक्ती नदिएर आफूहरुको हकको समेत वेवास्ता गरेको ज्ञापनपत्रमा भनिएको छ ।

No description available.
त्रि.वि. कार्यविधि अनुसार आंशिक प्राध्यापकहरुलाई करार सेवामा व्यवस्थापन गर्नुपर्ने, त्रि.वि. को आंशिक कक्षा सञ्चालन कार्यविधि अनुसारको पारिश्रमिक १ हप्ता भित्र उपलब्ध गराउनु पर्ने, सुर्खेत बहुमुखी क्याम्पसले खुला गरेको व्यवस्थापन संकायको शिक्षक सहायकको विज्ञापनको प्रक्रिया रोक्नु पर्ने, कोर्ष करार व्यवस्थापन समितिको प्रतिवेदन बमोजिम यस क्याम्पसमा संचालित सबै संकायहरुको कराकर शिक्षण सहायकको एकमुष्ट रुपमा विज्ञापन गर्नुपर्ने, क्याम्पस प्रशासनले गरेको विभेदपूर्ण व्यवहारको अन्त्य गरिनुपर्ने र सामाजिक सञ्जाल तथा मिडियामा आएका भ्रष्टाचारका विषयको यथासिघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषिलाई कानून बमोजिमको कारवाही गरी यस क्याम्पसमा सुशासन कायम गरिनुपर्ने लगायतका मागहरु राखिएको छ ।