इगरब्रीज साहित्य समाज गठन
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको ‘क’ वर्गको इगरब्रीज माध्यमिक विद्यालयमा इगरब्रीज साहित्य समाज गठन भएको छ । विद्यालयका नेपाली शिक्षक सीता यरी संयोजक रहने गरी दिपशिखा थापाको अध्यक्षतामा १७ सदस्सीय साहित्य समाज गठन भएको हो ।

जसको उपाध्यक्षमा अभिनाश शाही र सुन्दर शर्मा सचिवमा सृष्टि थापा सहसचिव कुञ्जन वि.सी., सुवास विष्ट तथा पवित्रा नेपाली चयन भएका छन् भने सदस्यहरुमा ओमनित यादव, स्मृति कँडेल, सन्दिप आचार्य, नेहारिका वली, जन्नतुल शाह, सुशील ढकाल, सायरा थापा, पल्लभी पाण्डेय, देवान शाही र जेनिशा सिंहचयन भएका छन् ।
उक्त समितिमा विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरू छन् । उक्त कार्यसमिति निर्माणका सहजीकरण विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक यादव बि.क. ले गरेका थिए ।

कला र साहित्य समाजको ऐना हो । कला साहित्यको विकास र संरक्षण गर्नुपर्छ र यसका लागि विद्यालयस्तरबाट नै विद्यार्थीलाई अवसर दिनुपर्छ भन्ने मान्यताका साथ विद्यालयले साहित्य समाज गठन गरेको विद्यालयकी प्रशासन प्रमुख कृष्णा न्यौपाने भुषालले बताइन् ।
उनले भनिन्, कला र साहित्यले समाजलाई सभ्य बनाउँछ । सभ्य समाज निर्माणका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि विद्यालयमा ’इगरब्रीज साहित्य समाज गठन गरिएको हो ।
पछिल्लो समयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयले साहित्यिक गतिविधिहरु बृद्धि गर्दै गइरहेको छ ।






