Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

शैक्षिक योजना पूर्व तयारी गोष्ठि

अछाम ।

विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि अछामका विभिन्न विद्यालयले योजनाबद्ध रुपमा अघि बढ्ने तयारी गरीरहेका छन् । विद्यालयको शैक्षिक गुणस्तर, भौतिक साधन श्रोतमा सम्पन्नता हाँसिल गर्न तथा अभिभावकसंगको सम्बन्धलाई मजबुद बनाउन विभिन्न योजना तयार गरिरहेका छन् । यसैवीच जिल्लाको तुर्माखाँद ३ मा रहेको बसुन्धरा माध्यामिक विद्यालय थाल्पाटाले त्रिबर्षिय शैक्षिक योजना तयार गर्ने भएको छ । त्रिबर्षिय शैक्षिक योजना तयार गर्नका लागि विद्यालयले सरोकारवालाको सहभागितामा पूर्व तयारी गोष्ठि गरेको छ । ३ दिनसम्म बृहत रुपमा छलफल गरी पूर्व तयारी गोष्ठि सकिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बरबहादुर विसीको अध्यक्षतामा भएको त्रिबर्षिय शैक्षिक योजना पूर्व तयारी गोष्ठिका प्रमुख अतिथि समाजसेवि तथा बुद्धिजिवि बम बहादुर विसी रहेका छन् ।

गोष्ठिले शैक्षिक सत्र २०७७ बाट लागू हुने गरी विद्यालयको समग्र पक्ष सुधारका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । विद्यालयका शैक्षिक, आर्थिक र भौतिक क्षमा व्यापक सुधार गर्नका लागि नितिगत निर्णय गरिएको व्यवस्थापन समिति अध्यक्ष डम्बर विसीले बताए ।
३ दिनसम्म सरोकारवाला पक्षसंग व्यापक छलफल गरी विभिन्न नितिगत निर्णय गरिएको र यसको कार्यान्वयनबाट विद्यालयको गुणस्तरमा सुधार हुने प्रमुख अतिथि बमबहादुर विसीको भनाई छ । विद्यालयको भौतिक सुधारका लागि विभिन्न सरोकारवाला निकाय तथा व्यक्तिसंग समन्वय गरी आफुहरु अघि बढीरहेको र विद्यालयलाई नमूना बनाउन सबै अग्रसर हुनुपर्ने प्रमुख अथिति विसीको भनाई छ । गोष्ठिमा तुर्माखाँद गाउँ पालिका वडा नम्बर ३ भैरवस्थानका वडा अध्यक्ष पदमबहादुर बिसी, सदस्य खिन्ता सुनार, लक्षिना देवि बुढा, अम्मर उखेडा, नेकपा तुर्माखाँद वडा न ३ का वडा कमिटिी अध्यक्ष कृष्ण बहादुर बिसी, समाजसेवी बुद्धिजीवी ,संघसंस्थाका प्रतिनिधि, विदालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघ, विद्यार्थी, शिक्षक र अभिभावक लगायतको सहभागिता रहेको थियो पहिलोपटक बृहत रुपमा गोष्ठि गरिएको र यसबाट विद्यालयको समग्र पक्षको सुधारका लागि टेवा पुग्ने अभिभावकले आशा राखेका शिक्षक राजबहादुर बिसीले जानकारी दिए ।