Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

भीम रावल अब डाक्टर

सर्खेत ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी गरेका छन्।

नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा त्यसको प्रयोगबारे अनुसन्धान गरेका उनले अब नामका अघि डाक्टर लेख्न सक्ने भएका छन्।

अछामबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका रावलको थेसिसलाई सोमबार त्रिभुवन विश्वविद्यालयको मानविकि संकायको रिसर्च कमिटिले स्वीकारेपछि उनको औपचारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो।