नेपाल बङ्गलादेश बैंकको चितवनको खैरहनीमा शाखा
काठमाडौं, २४ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा चितवन जिल्लाको खैरहनी न.पा.वडा नं. ८ पर्सा बजारमा आफ्नो ४० औं शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना को उपस्थितिमा तथा खैरहनी उद्योग वाणिज्य महासंघका अध्यक्ष गुणराज श्रेष्ठको सभापतित्वमा बैंकका संचालकअरुण श्रेष्ठ तथा गडिमाई ब्यारेकका सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक शान्ती कुमार कार्कीले आईतबार संयुत्तरुपमा गरेकाछन ।
सोहि अवसरका बैंकको एटिएम को समुद्घाटन मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष अरुणराज सुमार्गी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेल द्धारा संयुक्त रुपमा गरिएको थियो ।
साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
खैरहनी शाखा सहित बैंकले ४० शाखा, दुुई एक्सटेन्सन काउन्टर, सात शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३८ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।
बैंक को आ.व. २०७३—०७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९ अर्ब ६० करोड, कुल कर्जा ३४ अर्ब २७ करोड रहेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको छ ।









