Loading... आजः २३ कार्तिक २०८२, शनिबार । Saturday 8th November 2025
ताजा खबर
  

घ्वाच्च घोच्यो – व्यङ्ग्य

जितेकाले जितेको उपलक्ष्यमा भोज खाए तर हारेकाहरुले हारेकै उपलक्ष्यमा आफ्ना मतदाताहरुलाई सन्तुष्ट पार्नका लागि भएपनि भोज खाए खुवाए । राजनीति भनेको मूल नीति भएकैले होला सबैले भोज खान पाउने । पहिले हामीले जित्ने निश्चित छ भनेर कुर्लिनेहरु अहिले जनताले अलिकति बुद्धि पु¥याएनन् भनेर मन थामथुम पारिरहेका छन् । लु खतम ।
चुनाप जित्नका लागि लोकप्रियता कमाउनु पर्नेमा अब लोकप्रियता होइन नोटप्रियता कमाउनु पर्ने भयो । पैसो खर्च नगरेसम्म चुनापमा हारेर भोज खानु पर्ने अवस्थाका सिर्जना हुने भयो । यसपालि नगर र गाउँपालिकामा राम्रै पैसो खर्च गरेर जितेकाले अर्को पालिको चुनापमा कसरी गर्जो टार्ने होला भनेर यस पाली टिकट नपाएकाहरु हैरान हुन थथालेका छन् बा । लु खतम ।
उता दोस्रो चरणको चुनापको लागि फेरी खेलाबैला मच्चिन शुरु भइसकेको छ । यो टन्टलापुर घाममा तराईमा जनताको लामसँगै नेताहरुको जाम देखिने निश्चित छ । ए नेताहरु जित्नु हार्नु स्वभाविक हो सबैले जित्ने होइन एउटाले मात्र जित्ने हो । त्यसैले किन आत्तिएका छौ । बरु अर्को पटकको टिकटको लागि शीर्ष नेताहरु रिझाउने कार्यमा लाग । जनताका विचमा जाउ । जनताबाट भागेर चुनाप जितिदैन । धन देखाउन तिर नलाग धनले चुनाप जित्ने भए धनाढ्याहरु कहाँ पुग्थे होला । चुनाप त मनले जित्ने हो आफूसँग मन नै भएन भनेर झोक्रिएका अमुक पार्टीका नेता देखेर सोझो हरिलठ्ठकलाई फेरी एकपटक घ्वाच्च घोच्यो । ऐयाऽऽऽऽऽ