क्वीक खबर डटकमले पायो आधिकारिक दर्ता प्रमाण पत्र
१२ जेठ २०७४

काठमाडाँै ।
सुर्खेतमा कार्यालय रहने गरी संचालन भइरहेको क्वीक खबर डटकम अनलाइन पत्रिका यस अघि नै नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना विभागमा सूचिकृत भइसकेको थियो । नेपाल सरकारले अनलाइन सञ्चार माध्यमहरुलाई समेत आधिकारिक रुपमा दर्ता गर्ने कार्य शुरु गरेपछि सूचिकृत नं. १२७७ मा रहेको क्वीक खबर डटकमले आधिकारिक रुपमा सञ्चालन हुन पाउने अनलाइन सञ्चार माध्यम दर्ता प्रमाण पत्र प्राप्त गरेको छ ।
दर्ता नं. ७२/०७३/०७४ रहेको यो अनलाइनको प्रकाशक÷प्रधान सम्पादक खगेन्द्र प्रसाद अधिकारी, सम्पादकमा हस्तराज रेग्मी, सहसम्पादकमा बखत बहादुर बुढा, उपसम्पादकमा कपिल आचार्य र यसको जाजरकोट शाखा समेत विस्तारको क्रममा रहेकोले जाजरकोट शाखा प्रमुखमा उप सम्पादक निराजन शर्मा रहने गरी अनलाइन संचालक मण्डल रहेको छ ।
यो अनलाइनको डिजाइनदेखि प्राविधिक रुपमा सहयोग गर्नुहुने पत्रकार सुरेश आचार्यलाई सम्पादक हस्तराज रेग्मीले विशेष धन्यवाद दिनुभएको छ भने प्रकाशक÷प्रधानसम्पादक खगेन्द्र प्रसाद अधिकारीले आज भन्दा ३ वर्ष अगाडि यस अनलाइनको उद्घाटन गर्नुहुने अग्रज पत्रकार हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टार डा. महेन्द्रकुमार मल्ललाई कृतज्ञता व्यक्त गर्नुभएको छ ।





