Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

सहकारीद्वारा वडा कार्यालयलाई ५ सय थान माक्स प्रदान

२० चैत्र, सुर्खेत ।

जुरीचुला बचत तथा ऋण सहकारी संस्था गुर्भाकोटले वडा कार्यालयलाई माक्स प्रदान गरेको छ ।
सहकारीले गुर्भाकोट –९ वडा कार्यालयलाई ५ सय थान माक्स प्रदान गरेको हो । बिहीवार सहकारीका अध्यक्ष युवराज गौतमले वडा अध्यक्ष शशि भट्टराईलाई ५ सय थान माक्स प्रदान गर्नुभएको हो ।

कोरोना भाइरस (कोभिड(१९) को जोखिमबाट बच्नको लागि वडाका स्थानीयहरुलाई वितरण गर्ने उद्देश्यले माक्स प्रदान गरिएको सहकारीका अध्यक्ष गौतमले बताउनुभयो । ‘अहिलेको यो विपदमा आफु पनि बाँचौ र अरुलाई पनि बचाउ भन्ने हेतुले माक्स वितरणमा लागेका हौ’ अध्यक्ष गौतमले भन्नुभयो, ‘गाउँ तथा टोलमा कोरोनाको संक्रमणबाट बच्नको लागि सचेतना पनि फैलाइरहेका छौ ।’ यता वडा अध्यक्ष भट्टराइले सहकारीले वडा कार्यालयलाई प्रदान गरिएको माक्स आजै वितरण गरिने बताउनुभयो ।

यस अघि गुर्भाकोट नगरपालिका र वडा कार्यालयमा स्थानीय व्यापारि अमृत एग्रोभेटका शेरबहादुर बिकले पनि वडा कार्यालयमा माक्स प्रदान भएको थियो । त्यसैगरी संक्रमण फैलन नदिनको लागि वडामा सचेतिकरण गर्नुको साथै अनुगमनलाई तिव्रता दिएको वडा अध्यक्ष भट्टराइले बताउनुभयो । उहाँले वडामा विदेशबाट आएका नागरिकको निगरानीमा राखेको बताउनुभयो । ‘यस वडामा बाहिरबाट १०र१५ जना व्यक्तिहरु आएका छन् र उनीहरु सुरक्षित रुपमा होम क्वारेन्टाइनमा रहेका छन्’ उहाँले भन्नुभयो, ‘उनीहरुको अवस्थाको बारेमा अनुगमन गरेर बुझ्नुको साथै उनीहरुलाई सचेतिकरण गरिरहेको छु ।’