Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

चालिस जनाले गरे रक्तदान

सुर्खेत ।
अनेरास्ववियू जिल्ला कमिटी सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । विश्वमा कोरोना रोगले महामारीको रुप लिइरहेको समयमा रगतको अभाव हुन नदिन रक्तदानको आयोजना गरेको अनेरास्ववियू जिल्ला कमिटी सुर्खेतले जनाएको छ । रक्तदान गर्नेहरुलाई सुरज थापाले फलफूलको व्यवस्था गरेका थिए ।


धुपेन्द्र शाही, किरण तिवारी, निर्मल अधिकारी, सन्तोष थापा, भरत रेग्मी, प्रभात पोखरेल, हेमन्त चपाई, विवेक भण्डारी, धन बहादुर धर्ती, जयराज सन्ज्याल, राम प्रसाद सन्ज्याल, कमल रेग्मी, टकेन्द्र शाही, मिनराज शाही, खम्ब बहादुर शाही, मनिष चन्द, प्रताप खत्री, बेदप्रकाश ढकाल, कमल सिजापति, लगायत चालिस जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुलाई अनेरास्ववियू जिल्ला कमिटी सुर्खेतकातर्फबाट धन्यवाद दिइएको धुपेन्द्र शाहीले जानकारी दिए ।