Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

आज मातातीर्थ औंसी

मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा , संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा

Mothers Day Quotes in Nepali (मातातीर्थ औंसी ...
हामीमध्य धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा
अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार, आमा

बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइत पुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनिसम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरु व्यक्त गर्दछन् । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।

तपाँई पनि आमावाट पर हुनुहुन्छ भने एकफेर आमालाई फोन गरेर आवाज सुन्ने पो हो कि ? या आमाको याद अनि स्मरण गर्दै साथीभाईसँग आफ्नी आमाको वर्णन र स्नेहको वृतान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि ? जे गर्नुहुन्छ, राम्रो काम गर्नुहोस्, जगतको भलो होस्, आमाको माया र वहाँले खुवाउनुभएका दुधका धर्साहरु प्रति हामी वफादार र ईमान्दार हुन जरुरी छ ।

आजभोली विभिन्न कारणले आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाँउमा लगेर राख्ने चलन वढ्दै गएको छ, जून मानवता प्रतिनै एउटा आक्षेप हो । समय त खोला न हो, आफूले गरेका कुराहरु आफैलाई फर्किने समय पनि आँउछ, वगेको समयमा आफ्नो दायीत्ववाट विमुख हुनु मानव चरित्र पक्कै हैन है ।

मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनस् अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशस् हराउँदै गए । ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंसी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक बर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।

मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, , गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ ।

लोकतन्त्र दिवस


६२र ६३ को जनआन्दोलनका ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुलाई सर्वप्रथम सम्झना, प्रजातन्त्र सेनानी सबैजना प्रजातान्त्रीक योद्धाहरु, विचारकहरु अनि जनयूद्धमा प्राण गुमाएका सपुतहरुलाई श्रद्धासुमन् । सबैजनाको महान बलिदान र तपस्याको कारण नै आज संघीय लोकतान्त्रीक नेपाल १४ औँ लोकतान्त्रीक दिवसको संघारमा आईपुगेको छ । बैशाख ११ अर्थात नयाँ नेपालको खाँका कोरीएको सुनौलो दिन, नेपालीहरुमा शुभकामना ।

राजसँस्थाको पारिवारीक र जहानिँया प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत पुनर्आगमन भएको दिन देशभर भव्यताका साथ मनाइँदैछ । २०६२ र६३ को ऐतिहाँसिक दोश्रो जनआन्दोलन पश्चात बैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । त्यतिबेला सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहाँसिक जनआन्दोलन भएको थियो ।

जनआन्दोलनको सफलतासंगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यहि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।

६२ अनि ६३ कोआन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्वपूर्ण घडिका रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिडाउन संविधानसभाको यात्रा यहि आन्दोलनबाट सुरु भएको थियो । फलस्वरुप सवै नेपालीको आकांक्षा पुरा गर्न २०७२ असोज ३ गते “नेपालको संविधान(२०७२)” जारी हुन सफल भयो ।

वर्षौसम्म राजसँस्था पद्धतिमा देशको मुख्य शाषक राजा रहने ब्यवस्था थियो । ४६ सालपछी संबैधानिक राजतन्त्रको स्थापना भएतापनि राजसँस्थाको वर्चस्व विभिन्न प्रकारमा शाषन पद्धतीमा रहिनैरहेको थियो । देशको शाषन पद्धतिमा मुख्य पदमा रहनकालागी राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज स्वतन्त्र लोकतान्त्रिक नेपालमा हामीमध्य जो कोहीले पनि राष्ट्रपती हुने संभावना बोकेका छौ । आजको मितीमा संघीय गणतान्त्रीक नेपालको दोश्रो राष्ट्रपती, नेपाली जनताकै छोरी महामहीम राष्ट्रपती विधादेवी भण्डारी पदासीन हुनुहुन्छ । आजको दिन महामहीम राष्ट्रपतीले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ ।

यस अवसरमा चोक चौताराहरुमा दिप प्रज्वलन, नगर तथा टोल सरसफाई, प्रभातफेरी र प्रवचन, जनआन्दोलनका शहीदहरुको सम्झना र घाइते तथा उनीहरुका परिवारलाई सम्मान गरिंदै आएको छ । आज मानवअधिकार र लोकतन्त्रका पक्षमा क्रियाशिल दर्जनौं संघसंस्थाहरुले खबरदारी सभाहरु आयोजना गर्ने गरेका छन् । उनीहरुले ऐतिहाँसिक आन्दोलन पश्चात गठन भएको संविधानसभाले जारी गरेको नेपालको संविधान(२०७२) को प्रभावकारी कार्यन्वयनका लागि सरकार समक्ष माग गरेका छन् ।

धेरै पछि लोकतन्त्रान्त्रमक नेपालले निर्वाचीत बहुमतको सरकार पाएको छ अनि संगै चुलिएका छन् लोकतन्त्रप्रतिका नेपाली अपेक्षाहरु । आँउदा वर्षमा नेपाली भूमिमा लोकतन्त्रको सकारात्मक चर्चा अनि असल प्रभाव कायम रहोस् ।

सामन्तवाद, गैरराष्ट्रवाद भनिए पनि सामन्तिका ढुकुटी फुट्नै सकेन । गरिव झन गरिवै नै रहे । जनआन्दोलन पश्चात नागरिकहरुमा पलाएका आशाहरु निराशामा परिणत हुँदै गए । शहिद र घाइतेका परिवारहरुका पिडा उस्तै छन् । लोकतन्त्रलाई सच्चा अर्थमा लोकतन्त्र साबित गराईयोस्, छोराछोरीलाई विदेश पठाएर ल्याएको ज्यालालाई रेमिट्यान्स या विपेष्रण जे भने पनि, दिगो हुँदैन । नेपालीहरु ज्यालादारी गरेर कमाउन जाने मजदुर मात्र हैनन, विश्व परिपेक्ष्यमा नेपालीहरुको गहकिलो उपस्थितीलाई लोकतन्त्रले उजागर पनि त गर्न सकेको छैन । न्याय र समृद्धीको वास होस् । हरेक चुल्होमा आगो बलोस्, आँगनमा फुल फूलोस अनि मनमा नेपालीपन होस् ।

लोकतन्त्र दिवसको शुभकामना !!

हाम्रो पात्रोबाट