Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

वीरेन्द्रनगरका क्वारेन्टाइनमा बस्ने २१० पुगे, कर्णालीभरी ८८२ जना

सुर्खेत :

कर्णाली प्रदेसको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको क्वारेन्टाइनमा बस्नेको सख्या २ सय १० पुगेको छ।

आज पाँच जना थपिएसंगै यो क्वारेन्टाइनमा बस्नेको संख्या २१० पुगेको हो। उनीहरु काठमाडौंबाट आएका बसका कर्मचारी भएको स्थानिय प्रशासनले जनाएको छ।

योसंगै बीरेन्द्रनगरको खुल्लामञ्चमा तयार पारिएको सबै २ सय १० क्वारेन्टाइन बेड भरिएको छ ।

अब १ सय ९० वटा पाल खाली भएपनि त्यसमा बेड बिस्तरा चर्पी लगाएका आवश्यक भौतितक पूर्वाधारको ब्यवस्था गर्नु पर्ने बाँकी रहेको प्रदेश सरकारले जनाएको छ। यस अघि यो क्वारेन्टाइनमा रहेका १ सय ८८ जना घर फर्किसकेका छन।

उनीहरु सबैको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठार्इएको हो। प्रदेस सरकारको आग्रहमा नेपाली सेनाले तयार पारेको यो क्वारेन्टाइनको सुरक्षा व्यवस्थाको जिम्मा नयाँ सबुज गणका सहसेनानी दयाराम ढकाल नेतृत्वको सेनाको टोलीले गरेको छ ।

कर्णालीभरीका क्वारेन्टाइनमा ८८२ जना
सुर्खेत कर्णालीका विभिन्न जिल्लामा स्थापना गरिएका क्वारेन्टाइना अहिले सम्म ८ सय ८२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल सम्म १९ सय २० जना व्यक्ति क्वारेन्टाइनमा बसेकोमा हाल ८८२ जना बाँकी रहेको मन्त्रालयले जनाएको हो । कर्णालीभरी २ सय १० वटा क्वारेन्टाइन रहेका छन् ।

कर्णालीभरी आइशोलेसन बेडको संख्या ४ सय ६६ रहेको र तिनमा ८ जना आइशोलेशनमा बसेको पनि मन्त्रालयले जनाएको छ ।

श्रोत : सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश नेपाल मिति २०७७ बैसाख ९ गते प्रकाशन भएको विवरण