Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

कोरोना संक्रमण तथा रोकथाम कोषमा जयन्तीको सहयोग

सुर्खेत ।
यतिबेला विश्व कोरोनाको कारण आक्रान्त बनेको छ । कोरोनाबाट धेरै ज्यान गु्माउने नागरिकहरु अमेरिकाका छन् । त्यही अमेरिकामा धेरै नेपालीहरु अस्थायी तथा स्थायी रुपमा बसोबास गर्ने गर्दछन् । तिनै नेपालीहरु मध्य जयन्ती थापा पनि हाल अमेरिकामै छन् । समाजसेवी एवम् मनकारी जयन्तीको रुपमा चिनिएकी सहयोगी मनकी धनि जयन्तीले आफ्नो जन्मथलो कर्णालीको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई ५१ हजार सहयोग गरेकी छन् ।


विभिन्न समयमा असहाय, गरिव तथा वृद्धवृद्धा र बालबालिका तथा रोगीहरुलाई सहयोग गर्दै आइरहेकी जयन्तीले यतिबेला वीरेन्द्रनगर नगरपालिकाको कोरोना संक्रमण तथा रोकथाम कोषमा जम्मा हुने गरि सहयोग गरेकी हुन् । जयन्तीले अमेरिकाबाट पठाएको सहयोग उनका पिता धर्मजंग थापा मार्फत चेक वीरेन्द्रनगर नगरपालिकाका कार्यबहाक प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गरिएको थियो ।


विश्व नै विषम परिस्थितिमा रहेको बेला जयन्तीले गरेको उक्त सहयोगका लागि नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।