उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष पक्राउ
कैलाली । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘कोरोनाको त्रास छ त्यसैले उहाँलाई परिवारको जिम्मा लगाएका छौँ’ प्रहरी उपरीक्षक बस्नेतले भने,‘ थुनामा नराखे पनि उहाँमाथि मुद्धा दायर हुन्छ । ’ उनीविरुद्ध अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी भइरहेको उनले जानकारी दिए ।






