मुख्यमन्त्रीको शुभकामना सन्देश
सुर्खेत |
१३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी आम नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुस्वास्थ्य एवं प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रुपमा हरेक वर्ष आजकै दिन अर्थात मे १ मा विश्वभर यो दिवस मनाईन्छ । परिवर्तनको संवाहकका रुपमा रहेको मजदुर वर्गको हक, हित र अधिकारको लागि विभिन्न कालखण्डमा भएका बलिदानीर्पूण आन्दोलनहरुको स्मरण गर्दै ती आन्दोलनहरुमा सहादत प्राप्त गर्ने सवै सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली सहित उच्च सम्मान व्यक्त गर्दछु ।

हाम्रा सामु अप्रत्यासित रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको संकटले सिंगो विश्व समुदाय आक्रान्त वनेको छ । कोरोनाका कारण आम मानव समुदायले भोग्नुपरेको समस्याका अलावा मजदुर वर्गले दैनिक जिवीकोपार्जनसंग जोडिएका थप समस्याहरु भोगिरहेको प्रति प्रदेश सरकार गम्भिर रहेको छ ।
श्रमजीवि मजदुर वर्गका दैनिक जीविकोपार्जनसंग जोडिएका समस्या सामाधान गर्न तथा राहात प्याकेज उपलब्ध गराउन प्रदेश सरकारको तर्फवाट सवै स्थानीय तहमा आवश्यक वजेट पठाउनुको साथै लकडाउनका कारण वाटो र कार्यस्थलमा अलपत्र मजदुरहरुको उद्धारमा पनि आवश्यक समन्वय भैरहेको छ ।
यो संकटको सामनाका लागि प्रदेश सरकार सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालन सहित गम्भिरतापुर्वक लागिरहेकोले उच्च मनोवल सहित धैर्य गर्न समग्र प्रदेशवासी जनसमुदायलाई हार्दिक आग्रह गर्दछु ।
अन्तमा, कोरोनाको संकटवाट वच्नका लागि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अवलम्वन गर्न आग्रह गर्दै १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा पुनः शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
(………….)
महेन्द्रवहादुर शाही
मुख्यमन्त्री






