कोटेश्वरमा आगो लाग्दा अनुमानित तीन करोडको क्षति (फोटो सहित)
१८ जेठ २०७४
सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर खजुरामा रहेको कोटेश्वर सप्लायर्समा अचानक आज विहान आगो लाग्दा करिब अनुमानित तीन करोड बराबर क्षति भएको संचालकले जनाएका छन् ।

विद्युत सट भएर लागेको आगो पसल भरी फैलिएको थियो । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा लिए पनि गाडिका टायर, विभिन्न पार्टहरु लगायत गाडिको लागि चाहिने तेलहरु र पसल रहेको घर समेत जल्दा करिब तीन करोड बराबरको क्षति हुन गएको हो ।

आगो नियन्त्रणमा लिन निकै समस्या भएको थियो । वीरेन्द्रनगर नगरपालिकाको आफ्नै दमकल नभएकोले गर्दा आगलागी भएको ठाउँसम्म पानी ओसार्न समेत समस्या भएको हो । करिब करिब आगो नियन्त्रणमा आइसकेपछि भेरीगंगा नगरपालिकाको दमकल भने आगलागी भएको ठाउँमा आइपुगेको थियो ।










