चट्याङ् लागेर ५ वर्षिय बालिकाकाे मृत्यु
२० बैशाख, २०७७ ।
कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रामा बिहिबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । चट्याङ् लागेर ५ वर्षिया रेखा दमाईको मृत्यु भएको छ भने एकै परिवारका ६ घाइते भएका हुन् ।
असिना पानीसँगै परेको चट्याङ लागेर घाइते हुनेमा २३ वर्षिया धीरेन्द्र दमाई, ९ वर्षिया आयुष दमाई, ५ वर्षिया निखिल दमाई, १६ वर्षिया छत्र दमाई, २१ वषर््िाया गिता दमाई र २१ वर्षिया हजुरा दमाई रहेका छन् ।
घाइतेको रास्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको मृत्यु भएकी रेखा दमाईको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल मान्म ल्याइएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।
घरमा चट्याङ खसेर आगलागीले घर जलेर ध्वस्त भएको अध्यक्ष शाहीले जानकारी दिए ।







