नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो
नेपालमा एकैदिन १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालगंजमा ९ जना र वीरगंजमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
पर्साको वीरगन्ज महानगरपालिका ३ छपकैयामा एक ३६ वर्षीय पुरुषमा कोरोनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी, नेपालगञ्जमा ९ जनामा पोजिटिभ देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
बाँकेको नेपालगञ्जमा एकैदिन ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपागञ्जमा ९ जना संक्रमित थपिएको बताए।
यसअघि त्यहाँ एकजनामा कोरोना संक्रमण भेटिएको थियो।
योसँगै नेपालगञ्जमा संक्रमितको संख्या १० पुगेको छ।






