अाजसम्म काेभिड -१९ बाट संक्रमित हुनेकाे संख्या ४२७ पुग्याे
सुर्खेत ।
आज नेपालमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।
उनीहरू मध्ये बाँकेमा ६ जनामा छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।
नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । । बुधबार देखिएका संक्रमित ३ देखि ४८ वर्ष उमेर समूहका छन् ।
त्यस्तै नवलपरासीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् ।बुधबार विहान कपिलवस्तुमा १३ जना र मंगलबार बेलुका धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका थिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । भने ४५ जना सन्चो भएका छन् ।







