Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

स्वास्थ्य मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारीमा डा. जागेश्वर गौतम

काठमाडौं।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.जागेश्वर गौतमलाई दिइएको छ।

मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टका अनुसार अहिलेका प्रवक्ता विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।

प्रवक्ता देवकोटाले स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी छोडेर अबदेखि आफुले गुणस्तर मापन महाशाखाको प्रमुखको रुपमा जिम्मेवारी समाल्ने बताएका छन्।

डा. जागेश्वर गौतम विहिबारमात्रै मन्त्रालयमा सरुवा भएका थिए। त्यसअघि उनी परोपकार तथा प्रसुति गृह थापाथलीमा निर्देशकको रुपमा थिए।

परोपकार प्रसुती गृह थापाथलीको निर्देशकको जिम्मेवारी भने डा. संगीता मिश्रालाई दिइएको छ। (नेपाल समय)