कर्णाली प्रदेश सभामा बजेट भाषण जारी
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले अहिले आगामी आ.व. २०७७/०७८ का लागि बजेट भाषण भइरहेको छ ।सरकारी वित्त ऐन २०७४ अनुसार प्रदेश सरकारले असार १ मै बजेट ल्याउनु पर्ने व्यवस्था भए अनुसार नै प्रदेश सभाले तोकिएको समयमा बजेट ल्याउन लागेको हो ।
कर्णाली प्रदेश सभाको बैठकमा अहिले बजेट प्रस्तुत भइरहेको छ । आज (सोमबार) प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरिरहनु भएको छ । कर्णाली प्रदेश सभाले आगामी आ.व.का लागि ३३ अर्ब बराबरको बजेट ल्याउन लागेको हो । प्रदेश सरकारले चालु आ.व. २०७६÷०७७ मा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बराबरको बजेट ल्याएको थियो भने आगामी आ.व. का लागि ३३ अर्ब बराबरको बजेट ल्याउन लागेको हो ।
देउती एच डि प्रत्यक्ष प्रशारण गरेको बजेट भाषणको भिडियो






