व्यङ्ग्य – घ्वाच्च घोच्यो
स्थानीय तहको पहिलो चरणको चुनाप सकिएपछि दोस्रो चरणको चुनापको हिसाव किताब राख्ने उद्देश्यले यो हरिलठ्ठक रुकुम हुँदै जाजरकोट र दैलेखको भ्रमण सकेर नेपालगञ्ज जाने तयारीका साथ सुर्खेत आइपुगेको बेला देखेको कुरा नलेखि बस्न नसक्ने अवस्था भएकोले यसपालि सोझो हरिलठ्ठकलाई बाङ्गो कुराले घोचेको कुरा ओकल्ने तरखर गर्दैछ । लु खतम ।

प्रदेश नं. ६ को राजधानीको रुपमा प्रस्तावित भएको सुरखेत । यो सुरखेत त अचम्मको रहेछ बाबै । किन सुरखेत भएको भनेको त यहाँ सुर सुरका मुन्छेहरु रछन् । एउटा आफ्नै सुरमा नभएर अर्काको सुरमा हिड्ने मुन्छेको पछि प¥यो हरिलठ्ठक । झट्ट हेर्दा शिव र पार्वती झैँ पनि देखिने, स्वस्थानीकै शिव र गोमा जस्ता उमेर भा का पनि के के जातिको पीठो जस्तो चम्कने चीज दलेर राम्री देखिएका चाम्रीहरुको पिछा गर्ने क्रममा एउटा खुबै नाम चलेको होटेलको चिया सिया खाने ठाउँमा पुगेको त बाबै आमाको दुध छोडेर आएकी जस्तीको एउटा हातमा उहिलेको टेपकेर्डर जत्रै मोवाइल र अर्को हातमा अलि अलि रातो रातो देखिने झोलको गिलास । लु खतम ।
नानीले पानी खाने होलिन भनेको त अर्कै लाग्यो अनि जे होस् बुद्धिमानी रहिछिन् कालो चिया होला भनेको त्यसका बाजे चिसो चिया पो रहेछ त घुटुक्क पार्छिन नाकै खुम्च्याउँछिन् । ए बाबै के जमाना आए । बाजेले भनेको याद आयो बाँच्नु पर्छ के के देख्न पाइन्छ भन्थे हो रहेछ क्यारे ग्याँठे । लु खतम ।
हजुर बा को उमेरको मान्छेलाई डार्लिङ भनेर पो बोलाउँछिन् त । उसले पनि उनकै जिउमा जिउ जोडेर हो मा हो मात्र हो र के के जोडेर गफिएको देख्नु प¥यो । अर्को टेवलमा बसेर चिया चप्काउने मेसो निकाले पछि उनीहरुको गफ झनै सुन्न पाइयो । खाने बेलामा रातो झोल अनि पछि त बाबै के के हो मोल मोलाइ पो हुन थाल्यो । आखिर पश्चिमा संस्कृतिको सिको गर्नेहरुले निको गरेनन् भन्ने लाग्यो हरिलठ्ठकलाई । बिसपारी नपुगेकी ती कलिलि नानीले मोलमोलाइ गरेको देखेर देशले रगत मागे मलाई होइन कुखुरा बलि चढाउ भन्ने गीत चरितार्थ भएको झैँ लागेर आफैदेखि पिरोलिएको यो सोझो हरिलठ्ठकलाई फेरी एकपटक घ्वाच्च घोच्यो । ऐया ऽऽऽऽऽ





