कर्णालीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि
सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट शनिवार ४६ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै कर्णालीमा संक्रमितको संख्या १२४५ पुगेको छ ।
पछिल्लो समयमा तिब्र गतिमा फैलिएको कोरोनाको पिसिआर परीक्षणका लागि दैलेखमा समेत पिसिआर मेसिन आइुसकेको छ । हिजो मात्र आइपुगेको पिसिआर मेसिनबाट छिटै परीक्षण सुरु हुने बताइएको छ ।






