Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

आत्महत्या गरेका युवामा कोरोना पोजेटिभ

सुर्खेत ।

 आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षिय युवाको परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको हो ।असार ९ गते घरमा झुण्डिएको अवस्थामा भेटिएका युवाको शव पोष्टमार्टको लागि दुल्लु अस्पताल लगिएको थियो ।

बिहीबार पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

ती युवाको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेको प्रमुख भण्डारीले बताए ।

प्रमुख भण्डारीका अनुसार गत जेठ ११ गते भारतबाट दैलेख आएका उनी पञ्चकोशी माध्यमिक विद्यालय गमौडीको क्वारेन्टीनमा १४ दिनसम्म बसेका थिए ।

उनीसँगै क्वारेन्टीनमा बसेका २११ जनाको आरडीटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो ।यसअघि झुण्डिएर आत्महत्या गरेकी सुर्खेतको सिम्ता गाउँपालिका–१ की युवतीमा पनि कोरोना पोजिटिभ देखिएको थियो ।