Loading... आजः ६ असार २०८३, शनिबार । Saturday 20th June 2026
ताजा खबर
  

रानीघाट पितृमोक्ष वैदिक अनुष्ठानको आय व्यय सार्वजनिक

सुर्खेत
४ अजासर २०७४

सुर्खेतको रानीघाटमा २०७४ जेठ १२ गतेदेखि २२ गतेसम्म संचालन भएको ऐतिहासिक अनुष्ठान रानीघाट पितृमोक्ष वैदिक अनुष्ठानको आय व्वय सार्वजनिक गरिएको छ । ४८ लाख २७ हजार ३ सय २० रुपैयाँको आय व्वय विवरण अनुष्ठान आयोजक समितिका कोषाध्यक्ष सुरज आचार्यले प्रस्तुत गर्नुभएको हो ।

आय व्वय विवरणमा उल्लेख भए अनुसार यज्ञस्थल निर्माणमा ४ लाख ६६ हजार ५ सय ५२, टेण्ट, विजुली तथा साउण्ड तर्फ ६ लाख २४ हजार ९ सय, यातायात, इन्धन तथा ढुवानी तर्फ ४ लाख ७ हजार २ सय ५८, दक्षिण तथा पारिश्रमिक तर्फ ७५ लाख ३ हजार ९ सय ५, खाद्यन्न, तरकारी, गोरस तथा फलफूल तर्फ २९ लाख ६ हजार ८ सय ७ काचो कपडा तर्फ ४ लाख १० हजार १ सय ९९, मर्मत सम्भार तथा सुरक्षा तर्फ ८६ हजार २ सय ४०, स्टेनशी छपाइ तथा प्रचार सामग्री तर्फ २ लाख ४३ हजार ४ सय १२, तर्फ पात्र खरिद तर्फ ८ लाख ८७ हजार ९ सय ४०, प्रचार प्रसार (पत्रपत्रिका) तर्फ ६९ हजार १ सय, कार्यक्रम छायाँङ्कन उत्पादन तथा प्रशासन तर्फ २ लाख १९ हजार, पूजा सामग्री खरिद तर्फ १ लाख ३० हजार ७ सय ९१ र विविध तर्फ २ लाख ३१ हजार २ सय १६ रुपैयाँ खर्च भएको छ भने आम्दानी तर्फ तर्पण पत्र बुकिङ तथा वितरणबाट १२ लाख ६४ हजार ७ सय ९०, आर्थिक सहयोग तथा दान दक्षिणाबाट २३ लाख ५८ हजार ८ सय १८, शेष मालसमान विक्रीबाट ७ लाख ५९ हजार २० र विविध आम्दानी तर्फ १ हजार ९ सय ६५ रुपैयाँ आम्दानी भएको छ ।

अनुष्ठान आयोजक समितिले एक विज्ञप्ति समेत प्रकाशित गरी अनुष्ठान सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।