Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

देशभर ४६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।

पछिल्लो २४ घण्टामा देशभर ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित देशभर कोरोना संक्रमितको कुल संख्या १२ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९६२ जनाको कोरोना परीक्षण गरिएको थियो।

जसमध्ये १०५ जना महिला र ३५८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म कोरोना संक्रमण पुष्टि भएकामा महिला १ हजार ७४ र पुरुष ११ हजार २९८ जना छन्।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १३ महिला र १६६ जना पुरुष कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

यो सहित हालसम्म २५५ जना महिला र २७ हजार ५८ पुरुष गरी ३ हजार १३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हाल क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या ६१ हजार ७३१ तथा कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ९ हजार ७३१ रहेको मन्त्रालयले जनाएको छ।