म.प. मा छात्रवृत्तिका लागि दरखास्त आह्वान
सुर्खेत, १७ असार ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि दरखास्त आह्वानका लागि सूचना प्रकाशित गरेको ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबीच सम्झौता भए बमोजिम मानविकी र सामाजिकशास्त्र संकाय, मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पस अन्तर्गत पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर तहमा अध्ययनरत पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको हो ।
व्यवस्थापन निर्देशिका–२०७७ ले तोकेको मापदण्ड पुरा गरी यही असार २४ गतेभित्र दरखास्त दिन विश्वविद्यालयले सूचना आह्वान गरेको छ ।







