Loading... आजः ४ असार २०८३, बिहीबार । Thursday 18th June 2026
ताजा खबर
  

राष्ट्रिय कविता महोत्सवमा चन्द्र रानाहँछा प्रथम

९ असार, काठमाडौं ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव ०७४ मा खोटाङका कवि चन्द्र रानाहँछा प्रथम भएका छन् । रानाहँछाको ‘आँधीको यात्रा’ कविता प्रथम भएको हो ।

प्रज्ञा-प्रतिष्ठानमा शुक्रबार आयोजित महोत्सवमा ३२ प्रतियोगी कविहरुले कविता वाचन गरेका थिए । त्यसमध्ये निर्णायकहरुले रानाहँछाको कवितालाई सर्वोत्कृष्ट ठहर्‍याएका हुन् ।

 

खोटाङ घर भई राजधानी काठमाडौंमा बस्दै आएका रानाहँछाको ‘थिविया चराको गीत’ कवितासङ्ग्रह प्रकाशन भएको छ ।

कविता महोत्सवमा भोजपुरका सुवास राई क्याप्टेनको ‘फरक’ शीर्षकको कविता दोस्रो भएको छ । यस्तै, दाङका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, काभ्रेकी उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र काठमाडौंकी अमृता स्मृतिको ‘फूलहरु जान्दैनन् युद्ध गर्न’ कविता तृतीय भएका छन् ।

प्रज्ञा-प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष असार ९ गते राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ ।