Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

शनिबार बिहान दुई अध्यक्षबीच कुराकानी भएपछि बैठक सोमबारसम्मका लागि स्थगित गर्ने र सहमतिको विन्दु खोज्ने सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको जानकारी दिए ।

१० गतेदेखि जारी स्थायी कमिटी बैठक स्थगित भए पनि नेताहरूको बीचमा अनौपचारिक संवाद भने जारी रहनेछ ।