Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

शुक्रबारदेखि देशैभर भीषण वर्षा हुने

काठमाडौं |

मनसुन सक्रिय भएसँगै आगामी शुक्रबार अर्थात असार २६ गतेबाट देशैभर भीषण वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आइपुग्ने भएकाले देशभर ठूलो वर्षाको सम्भावना देखिएको हो। २६ गतेदेखि २९ गतेसम्म लगातार वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षासँगै देशका अधिकांश नदीहरुमा बाढी आउने सम्भावना रहेकाले सर्तक रहन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ। बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

बाढीबाट प्रदेश १ र २ को तराई भूभागमा बढी जोखिम हुने महाशाखाले पूर्वानुमान गरेको छ। त्यसैले ती क्षेत्रमा पूर्वतयारीमा जुट्न महाशाखाले भनेको छ। काठमाडौं उपत्यका पनि डुवानको जोखिममा रहेकाले सतर्क हुन महाशाखाले अपिल गरेको छ।