Loading... आजः १० आश्विन २०८३, शनिबार । Saturday 26th September 2026

वार्षिक तिथिमा अक्षयकोष

सुर्खेत
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १३  नलखोला स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा एक कमर्यक्रमका विच अक्षयकोष स्थापना गरिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर चार वस्ने टिकाराम कडेल र उनका परिवारले स्वर्गिय डिल्लीराम कडेलको स्मृतिमा रु. ३०,५०० रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । उक्त रकमबाट वार्षिक रुपमा सोही विद्यालयमा अध्यन गर्ने अपांग बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने उद्देश्य रहेको कोष स्थापक टिकाराम कडेलले बताए ।

“अभिभावककोे सपनालाई सकार पार्नु हरेक सन्तानको कर्तव्य हुन्छ ।” उनले भने “वुबाको सोही सपना अनुसार उक्त विद्यालयमा अध्ययन गर्ने अपांग बालबालिकालाई थोरै भएपनि पढाइमा टेवा पुगोस् भन्ने उद्देयले मैले विद्यालयमा बुवाको नाममा अक्षयकोषको स्थापना गरेको हु“ ।” विद्यालयका प्रधानाध्यापक नान बहादुर थापाले विद्यालयमा उक्त अक्षयकोष स्थापना गर्नु आफैमा महत्वपुर्ण कार्य भएको र उक्त रकम उद्देश्य केन्द्रित कार्यमा मात्र प्रयोग गर्ने जानकारी दिए ।