Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

धान दिवसमा पनि बालबालिकाको प्रयोग : चौधौ धान दिवसको उद्घाटन नगरप्रमुखबाट

१५ असार २०७४ 
सुर्खेत

आज असार पन्ध्र अर्थात धान दिवस । जिल्ला कृषि विकास कार्यालय सुर्खेतको आयोजना तथा मनिकापुर बहुमुखी कृषि सहकारी संस्था लि. को सहआयोजनामा वीरेन्द्रनगर नगरपालिका वडा नं. १० मा मनाइएको छ । धान दिवसको औपचारिक कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेका थिए ।

चौधौ धान दिवसको अवसरमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको ¥याली देखेपछि औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थिति हुनका लागि कार्यक्रमस्थल नजिकै पुगेका वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बालबालिकाहरुलाई यसरी ¥यालीमा प्रयोग गर्न नपाइने कुरा उठाउँदै बालबालिकाहरुलाई फर्काउन अनुरोध गरेपनि विद्यालयका शिक्षकहरुले अटेर गरेका थिए ।

धान दिवसको अवसरमा आयोजना गरिएको औपचारिक कार्यक्रममा सेन्ट मेरिज को. एड. स्कुल वीरेन्द्रनगर ३ सुर्खेतमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत बालबालिकाहरुलाई ब्यानर सहित ¥यालीमा लगिएको थियो । बालबालिकाहरुलाई औपचारिक वा अनौपचारिक दिवस एवम् महोत्सवमा लैजान नपाइने नियम भएपनि विद्यालयले उक्त नियमको पालना भने गरेको पाइँदैन । यसरी बालबालिकाहरुलाई ¥यालीमा ल्याउनु जिल्ला शिक्षा कार्यालयले बनाएको नियम विरुद्ध भएन र भन्ने प्रश्नको जवाफमा उक्त विद्यालयका प्रिन्सिपल परमानन्द रेग्मीले भने हामीले विद्यार्थीलाई प्रत्यक्ष रुपमा रोपाइँ कार्यक्रम देखाउन ल्याएका हौ ।

त्यसैगरी यस सम्बन्धमा जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले भने – जिल्ला शिक्षा अनुमति नमागी बालबालिकाहरुलाई ¥यालीमा लिन नपाइने तर विद्यार्थीहरुलाई रमाइलो अनुभूति गराउनका लागि लिन सकिने भएपनि व्यानर सहित ¥याली नै बनाएर लैजान नपाइने बताए । यस सम्बन्धमा के कति कारणले बालबालिकालाई ¥यालीमा लगिएको हो लिखित रुपमा कारण समेत माग्ने जिल्ला शिक्षा अधिकारीले बताए ।

मनिकापुर बहुमुखी कृषि सहकारी संस्था लि. सुर्खेतका अध्यक्ष एवम् वीरेन्द्रनगर नगरपालिका वडा नं. १० का वडाअध्यक्ष रत्न बहादुर बि.सी.को सभापतित्वमा भएको कार्यक्रममा औपचारिक रुपमै रोपाइँ शुरु गरिएको छ । सुर्खेत उपत्यकामा वर्षात नभएका कारण समयमा रोपाइँ हुन सकेको छैन । अधिकांश खेतहरु अहिलेसम्म बाँझै छन् ।

कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख देवकुमार सुवेदीले अब सुर्खेत उपत्यका भित्रका किसानहरु आकाशे पानीको भरमा परेर मात्र सम्भव नहुने भन्दै दीर्घकालिन योजना बनाई उपत्यकामा सिंचाई गर्ने योजना ल्याउनु पर्ने र त्यसको लागि सबै राजनीतिक दलहरुदेखि सर्वसाधारणहरुले समेत सहयोग गर्न आग्रह गरे । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा उपप्रमुख मोहनमाया ढकाल, उच्च मूल्य कृषि मूल्य आयोजनाका राम प्रसाद पुलामी, जिल्ला कृषि विकास कार्यालय सुर्खेतका वरिष्ठ कृषि विकास अधिकृत कालिका प्रसाद कोइराला, पार्टी प्रतिनिधिको तर्फबाट नेकपा एमाले सुर्खेतका उपाध्यक्ष अमृत बि.सी. लगायतले धान दिवसको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साथै धान दिवसमा हिले दौड प्रतियोगीता समेत संचालन गरिएको थियो ।

 

फोटो फिचर

 

 

 

 

 

 

 

समाचार