Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

आयो ‘सुर्खेत देउती बज्यै’ देउती बज्यै चिनाउने गीत

सुर्खेत ।
आएको छु देउतीको शरण
यो दुःखीको उपकार गरन
यी गीतका शब्दहरु सुर्खेत देउती बज्यै नामको गीतको भिडियोमा भएका रेकर्डिङ्ग भएका हुन् । इन्द्र जिसी र आशा शाहीको स्वर रहेको उक्त गीतको शब्द तथा लय इन्द्र जिसीको रहेको छ ।


निर्देशन तथा सम्पादन हुम गैरेको रहेको उक्त गीतको भिडियोको छाँयाङ्कन टंक केसी र एरेन्जर इन्द्र जिसीले गर्नुभएको छ । उत्पादक तथा वितरक दी टाइम मुभिज रहेको उक्त गीतको दृष्य निर्माण विशाल मुभिज प्रा.लि. अनाम नगरले गरेको छ ।

उक्त गीतको म्यूजिक भिडियोमा बिमल अधिकारी र दिपाशा बिसीको अभिनय रहेको छ । यस गीतले सुर्खेतको पवित्र तीर्थस्थल देउती बज्यैको प्रचार प्रसारमा सहयोग गर्नुका साथै यहाँको धार्मिक पर्यटकीय स्थलको रुपमा समेत चिनाउने विश्वास लिइएको छ ।

हेर्नुहोस भिडियो