Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

कविता – कोरोनाबाट बचौं र बचाऔं

गंगा सिंह ठकुरी

चाइनामा कोरोना आयो विश्वभरी छायो
घरैभित्र बसौं भन्दै मुख मास्क लायो
हिजो आज जताततै कोरोना फैलियो
पशुपंक्षी भन्दा पनि मानिसमा मौलियो ।

पूर्व जाउँ, पश्चिम जाउँ, जाउँ जता जाउँ
शहरदेखि गाउँसम्म कोरोनाको नाउँ
घरैभित्र बसिराखौं साबुनले हात धोऔं
फरक–फरक बसिरहौं अरुलाई नछोऔं ।

फोहोर वस्तु छोएपछि छिटै हात धुने
अरुले छोएको वस्तु आफूले नछुने
अरुबाट आफू पनि टाढाटाढै हुने
व्यक्तिगत सरसफाइमा बढि ध्यान दिने ।

नाक, मुख छोप्नु पर्छ हाछ्यूँ गर्दापनि
हाते रुमाल प्रयोग गरौं जहिलेसुकै तनि
लुगा फाटा भाँडाकुँडा घर सफा राखौं
रोगले छुँदैन तब आगनमा नाचौं ।

चोटाकोठा घर आगन स्वच्छ राखौं घर्म
सरसफाइमा ध्यान दिने नित्य गरौं कर्म
सरसफाइको अभियान गरौं घर घर
कोरोनाको किन मान्छौ हेर भाइ डर ।

तातोपानी फिल्टर गरि सफा गरि पिउँ
आफूले खाएको जुठो अरुलाई नदिउँ
सफा पानी हात धुने तातोपानी खाउँ
मुख मास्क लगाइराखौं बाहिर नजाऔ ।

देउतीबज्यै चोक सुर्खेत ।