Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

नवनियुक्त आइजिपी शैलेश थापाले लगाए दर्ज्यानी चिन्ह (फोटो फिचर)

काठमाडौं ।

नेपाल प्रहरीको नवनियुक्त महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । गृह सचिव महेश्वर न्यौपानेले थापालाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

वरिष्ठताका आधारमा थापालाई सरकारले मंगलबार नेपाल प्रहरीको २८औँ महानिरीक्षकमा बढुवा गरेको थियो । दर्ज्यानी चिन्ह प्राप्त गरेसँगै थापाले महानिरीक्षकको कार्यभार सम्हाल्न सुरु गरेका छन् ।

थापाको सम्मानमा प्रहरी प्रधान कार्यालयले स्वागत समारोह राखेको थियो ।

नागरिक खबर बाट