पत्रकारमाथी आक्रमण प्रयास
सुर्खेत ।
समाचारकाे विषय लिएर पत्रकारमाथी आक्रमणकाे प्रयास गरिएकाे छ । जाजरकाेटबाट प्रकाशित भेरीमालिका दैनिकका कार्यकारी सम्पादक रेशम बहादुर खड्कामाथी आक्रमण प्रयास भएकाे हाे ।
भेरी नगरपालिका वडा नम्बर ७ का स्थानीय दिपेन्द्र शाही (डी.एन.) र उनका भाइ शुशील शाहीले आफुमाथी कुनैपनि वेला जे पनि गर्न सक्छाैं भन्दै आक्रमण गर्न खाेजिएकाे खड्काले बताए ।
‘भाइ तिमिलाइ समाचार लेख्न आउदैन, तिमिलाइ कुनैपनि बेला जेपनि हुनसक्छ भन्दै धम्की दिइयाे’ खड्काले भने, ‘म सवार माेटरसाइकलकाे साँचाे खाेसी आक्रमण प्रयास गरियाे ।’
शाहीका दुइ दाजुभाइले भेरी नगरपालिकाका नगरप्रमुख सिपी घर्तीलाइ आक्रमण गरेकाे समाचार प्रकाशित भएपछि उनिहरूले सम्पादक खड्कामाथी यस्ताे व्यवहार गरेका हुन् ।
घटनाका विषयमा नेपाल पत्रकार महासंघ जाजरकाेट शाखाले खड्कामाथि भएकाे घटनाप्रति ध्यानाकर्षण जनाउदै उनकाे सुरक्षा र आक्रमण गर्नेहरूप्रति कार्वाहीकाे जाेडदार माग गरेकाे छ ।
‘समाचारकाे विषयमा चित्त नबुझे कानुनी उपचारकाे बाटाे हुँदा हुँदै जाेकाेहीले सञ्चारकर्मीमाथी दुर्व्यवहार तथा आक्रमणकाे प्रयास गर्नु निन्दनीय हाे’ महासंघद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्ती हेर्नुहाेस् :







