कर्णालीमा ७ जना संक्रमित देखिए १८ जना डिस्चार्ज भए
सुर्खेत ।
कर्णालीका थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा २ जना र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमित सुर्खेतका ३ जना, जुम्लामा २ जना र सल्यान र रुकुम पश्चिमका १, १ जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १५ सय ९५ पुगेको छ ।
यसै गरि शनिबार थप १८ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । जसमा चौकुने आइसोलेसन सेन्टर र पञ्चपुरी नगरपालिका आइसोलसन सेन्टर सुर्खेतबाट समान ५, ५ जना, छेडागाड आइसोलेसन सेन्टर जाजरकोटबाट ३ जना, जिल्ला अस्पताल जाजरकोटबाट ४ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना उपचार पछि डिस्चार्ज भएका हुन । यो संगै कुल डिस्चार्ज हुनेको संख्या १३ सय ६५ पुगेको छ । भने बाँकी २ सय २४ जना उपचाररत रहेका छन् । हाल सम्म ६ जनाको कोरोनाका कारण ज्यान गएको छ ।







