प्रहरी चौकी रानीघाटको भवन उद्घाटन
सुर्खेत ।
प्रहरी चौकी रानीघाटको नवनिर्मित कार्यालय भवन उद्घाटन भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तले भवनको उद्घाटन गर्नुभएको हो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पन्तले प्रहरी कर्मचारीहरुले नवनिर्मित भवनलाई आफ्नै हो भनी आवश्यक मर्मत सम्भार साथ नव निर्मित भवन स्थानीयबासीहरुकै सम्पति भएको भवनको जगेर्ना गर्न गाउँपालिका र नागरिक समाजलाई अनुरोध गर्नुभयो ।
भवन उद्घाटन पश्चात बोल्दै उहाँले अपुग जनशक्तिलाई छिट्टै व्यवस्थापन गरिने बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले र बराहाताल गा.पा.का. वडा नं.२ का अध्यक्ष यौवराज कार्कीले समेत आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्र प्रशाद भट्टले शब्द स्वागत गर्नुभएको उक्त कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी बरिष्ट उपरीक्षक राजेशनाथ बास्तोला धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
ईन्जिनिीयर अनुज पाण्डेले भवन निर्माण सम्बन्धी प्रतिबेदन पेश गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालक जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझिले गर्नु भएको थियो ।
युनोप्स को आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको उक्त नव निर्मित भवनको लागत दुई करोड बयासी लाख रहेको र २०७५ कात्तिक २६ गतेबाट निर्माण कार्य सुरु भएको बताइएको छ ।






