Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो भएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Gold Futures: Further correction on the cards

मंगलबार ९२ हजार दुई सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुन  ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको भाउ एक हजार पाँच रुपैयाँ प्रतितोला तोकिएको छ । अघिल्लो दिन तोलाको ९९५ रुपैयाँमा चाँदी  कारोबार भएको थियो ।

बढ्दो मूल्य र अफसिजनका कारण बजार सुन बजारमा मन्दी छाएको व्यवसायी महासंघले जनाएको छ ।

कोभिड १९ को असर फैलिदो क्रलममै रहँदा सुनको भाउ अझै बढ्न सक्ने महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।

अन लाइन खबर