Loading... आजः १६ आश्विन २०८३, शुक्रबार । Friday 2nd October 2026

सामुदायिक वनमा बाँस बृक्षारोपण

२१ असार २०७४
सुर्खेत ।

जिल्ला वन कार्यालय सुर्खेतको सहयोगमा देउती बज्यै सामुदायिक वन उपभोक्ता समितिले आज बाँसका कलमी विरुवाको बृक्षारोपण गरेको छ ।

बृक्षारोपण कार्यक्रमका सहभागीहरु निमित्त जिल्ला वन कार्यालय प्रमुख सूर्यप्रसाद शर्मासँग

चुरे वन क्षेत्रको संरक्षणको लागि बाँसका विरुवाहरुको बृक्षरोपण गर्ने योजना अन्तर्गतका सामुदायिक वनका क्षेत्रहरुमा बृक्षारोपण गर्ने आयोजना अनुरुप बृक्षारोपण गरिएको जिल्ला वन कार्यालय सुर्खेतका निमित्त प्रमुख सूर्यप्रसाद शर्माले जानकारी दिनु भयो ।

बृक्षारोपण गर्दै निमित्त जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख सूर्यप्रसाद शर्मा

देउती बज्यै सामुदायिक वनमा करिब १ हजार ५ सय विरुवा रोप्ने योजना रहेको र विरुवाको उत्पादनदेखि बृक्षारोपणसम्मका लागि प्रति विरुवा रु १ सय २० का दरले जिल्ला वनले आर्थिक सहयोग गरेको देउती बज्यै सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पदमा खड्काले बताउनु भयो ।

बृक्षारोपणका लागि बाँसका विरुवा डोकोमा लैजाँदै वन उपभोक्ता समिति सदस्य