Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

सङ्क्रमितको संख्या १७ हजार ६५८ पुग्यो

आज थप १५६ सङ्क्रमित

सुर्खेत |

नेपालमा कोभिड–१९ कोरोनाभाइरस का १५६ जना नयाँ बिरामी थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ७४१ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १५६ बिरामी थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या १७ हजार ६५८ पुगेको जनाएको छ । जसमध्ये ११ हजार ६९५ बिरामी कोरोनामुक्त भइसकेको छन् । हाल पाँच हजार ९२३ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ । कोभिड–१९ को निको हुने दर ६६।२४ प्रतिशत पुगेको प्रवक्ता डा। गौतमले जानकारी दिनुभयो ।

पछिल्लो चौबीस घण्टामा ५८ जना बिरामी निको भई घर फर्केका छन् । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कोरोना आशङ्कामा हाल २२ हजार ६६२ जना क्वारेन्टिनमा छन् । आइसोलेशनमा पाँच हजार ९२३ जना छन् ।

हालसम्म नेपालमा तीन लाख १५ हजार ५७० जनाको नमूना सङ्कलन गरी कोभिड–१९ को परीक्षण गरिएको छ । परीक्षण गरिएकोमा दुई लाख ९७ हजार ९१२ जनामा कोभिड–१९ को पुष्टि भएको छैन् ।