Loading... आजः १६ आश्विन २०८३, शुक्रबार । Friday 2nd October 2026

साझा बिसौनी आठौ वर्षमा प्रवेश : साझा वर्षव्यक्तिमा गुरुङ्ग सम्मानीत

सुर्खेत ।


वीरेन्द्रनगरको सुर्खेतबाट प्रकाशित हुँदै आएको साझा विसौनी दैनिक हिजोदेखि आठ वर्षमा प्रवेश गरेको छ । मासिकबाट आफ्नो प्रकाशन शुरु गरेर साप्ताहिक हुँदै तीन वर्ष अघि दैनिकको रुपमा प्रकाशन शुरु गरेको साझा विसौनीले प्रत्येक वर्ष वर्ष व्यक्तिको रुपमा सुर्खेतमा रहेर विभिन्न क्षेत्रमा काम गर्ने एक जनालाई सम्मान गर्दै आइरहेको छ ।

Image may contain: 2 people, people sitting, people standing and indoor
जस अन्तर्गत आठौ वर्ष प्रवेश गरेको अवसरमा एक औपचारिक कार्यक्रमको अयोजना गरी २०७३ को वर्ष साझा व्यक्तिको रुपमा नवजीवन बाल संरक्षण केन्द्रका संचालक मोहनदास गुरुङ्गलाई नगद रु ५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । त्यसैगरी ग्राहक मध्येबाट उत्कृष्ट ग्राहक हरियाली संचार केन्द्र, विज्ञापनदाताको तर्फबाट साउथ एशियन क्लर्सका छत्र बडुवाल, लेखक एवम् स्तम्भकारका तर्फबाट हरि घिमिरे र साझा विसौनीका कर्मचारीहरुको तर्फबाट भगीराम पाण्डेलाई सम्मान समेत गरेको छ ।

Image may contain: 4 people, people sitting
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले आफ्नो शुभकामना मन्तव्यमा भन्नुभयो – पत्रकारिता हेर्दा जति सजिलो देखिन्छ गर्दा त्यति सजिलो पक्कै छैन । नेपाली पत्रकारिताले मिसन पत्रकारिता अंगालेको प्रसंग उठाउँदै उहाँले भन्नुभयो – अब विकास पत्रकारितातिर उन्मुख हुने बेला आइसकेको छ । पत्रकारहरुका कलम अब गाउँ र समाजको लागि चल्नु पर्ने, जनताको आर्थिक, सामाजिक, शैक्षिक र नैतिक रुपान्तरणका लागि चल्नु पर्ने बेला आएको छ । सुर्खेतको पत्रकारिताको विकासको लागि वीरेन्द्रनगर नगरपालिकाको तर्फबाट गर्नु पर्ने कार्य गर्न वीरेन्द्रनगरनगर नगरपालिका तयार हरेको बताउँदै उहाँले भन्नुभयो – पत्रकारले मिडिया मार्फत बाटो देखाउँदै जाने र नेताले काम गर्दै जाने बेला भयो ।

Image may contain: 3 people, people standing
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारती, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका पूर्व अध्यक्ष श्रीधर पौड्याल, प्रेस युनियन सुर्खेतका सचिव गणेश कार्की, प्रेस चौतार िसुर्खेतका अध्यक्ष सूर्यप्रकाश कंडेल लगायत विभिन्न मिडियाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा साझा विसौनीका प्रकाशन गोपी अधिकारीको सभापतित्वमा सम्पन्न भएको सातौ बार्षिकोत्सव कार्यक्रममा शब्द स्वागत सम्पादक ललित बहादुर बुढाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कार्यकारी सम्पादक विनोद शाहीले गर्नुभएको थियो ।