Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

कर्णालीमा थप २७ जनामा कोरोना

सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वासथ्य महाशाखाले दिएको जानकारी अनुसार २७ जनामा कोरोना पुष्टि भएको हो ।

कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट आएको रिपोर्टमा सुर्खेतका ११ जना, दैलेखका २ जना अछामका २ जना, कालिकोटका ३ जना, हुम्लाका १ जना, मुगुका २ जना र जाजरकोटका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८५१ पुगेको छ ।

यसैगरि कर्णाली प्रदेशका विभिन्न आइसोलेशनबाट डिस्जार्च हुनेहरुको संख्या ५४ जना रहेको छ । जसमा सुर्खेतबाट १ महिलासहित ३ जना, सिम्ता आइसोलेशनबाट १० महिलासहित ३० जना, गुर्भाकोट आइसोलेशनबाट ३ जना महिला, पञ्चपुरी आइसोलेशनबाट ६ जना महिलासहित ११ जना, सल्यान अस्पतालबाट २ महिलासहित ६ जना र कालिकोट अस्पतालबाट १ जना रहेका छन् । यससँगै कर्णालीमा डिस्जार्च हुनेहरुको संख्या १ हजार ६३९ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २०६ रहेको छ ।