Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

सुर्खेतका “केशव” डान्सिङ्ग विथ द स्टार नेपालमा सहभागी

सुर्खेत ।

केही समय अगाडी नेपाली रियालिटी शो हरु जतिपनि हुन्थे ति शो हरुका प्राविधिक लगाएत धेरै कुराहरुको स्तर निकै नै कम हुने गर्थे । तर अब भने समय फेरिएको छ । हाम्रो देशमा अहिले अन्तराष्ट्रियस्तरका रियालिटी शो हरु भैरहेका छन् । यही भिडमा अहिले अर्को रियालिटी शो को शुरुवात हुदैन हिमालय एच डी टिभीमा ।

चाँडै नै “डान्सिङ्ग विथ द स्टार नेपाल” नामक रियालिटी शो हुँदैछ र अहिले त्यस्मा सहभागीहरुको चर्चा पनि त्यतिकै बढ्दो रहेको छ । यो कार्यक्रममा सहभागीता जनाउँदै सुर्खेती यूवा जो राष्ट्रियस्तरमा नृत्य निर्देशक पहिचान बनाइसक्नु भएको छ भने नेपाली चलचित्र क्षेत्रमा पनि धेरै नायकनायिकालाई नचाइसक्नु भएका केशव थापा हुनुहुन्छ ।

थापाले हिमालय रोडिज शो का व्लाइण्ड रक अर्गनाजेशनका अध्यक्ष श्रृष्टी केसीलाई कोरियोग्राफरको रुपमा साथ दिँदै “डान्सिङ्ग विथ द स्टार नेपाल” सहभागीता जनाउनु भएको छ । थापाले सम्पूर्ण सुर्खेतीबासीहरुमा आफूलाई साथ दिन अनुरोध गर्नुभएको छ । स्मरण रहोस नृत्य निर्देशक थापाले लकडाउनको समयमा सुर्खेतका विभिन्न क्वारेन्टिनहरुमा रहेकाहरुको मनोबल तथा स्वस्थ रहनकालागि नृत्य प्रशिक्षण दिनुभएको थियो