Loading... आजः ५ भाद्र २०८३, शुक्रबार । Friday 21st August 2026

जिल्ला कृषिको चालु आ.व. को प्रगति विवरणको जानकारी

क्वीकखबर सम्वाददाता
३१ असार २०७४
सुर्खेत ।

जिल्ला कृषि विकास कार्यालय सुर्खेतले एक पत्रकार सम्मेलनको आयोजना गरी चालु आ.व. ०७३÷०७४ को प्रगति विवरण सार्वजनिक गरेको छ ।


प्रगति विवरण जानकारी गराउने क्रममा जिल्लाका प्राथामिकताका बालीहरुको विवरण, सुर्खेत जिल्लाका उत्पादनका पकेट क्षेत्रहरु जस्तै खाद्यन्न बालीका लागि वीरेन्द्रनगर, बाबियाचौर, मेहेलकुना, गुटु, लेखफर्सा, सहारे लगायतका स्थानहरु रहेको बताइएको छ भने कृषि प्रचार कार्यक्रम, खाद्यन्न बालीको बिजबृद्धि कार्यक्रम, सहकारी खेती साना सिंचाइ कार्यक्रम, बाली विकास कार्यक्रम, एकिकृत बाली तथा जल व्यवस्थापन कार्यक्रम, कृषि तथा खाद्य सुरक्षा योजना, प्रधानमन्त्री तथा आधुनिकिकरण आयोजना, विशेष कृषि विकास आयोजना लगायतका कार्यक्रम गरेको जनाएको छ ।